ल्यापटप मा प्रिती फन्ट प्रयोग गरेर कसरी लेख्ने ?

63 views
Skip to first unread message

rddinesh

unread,
Mar 4, 2010, 7:54:28 AM3/4/10
to Unicode Nepali User's Group, shailend...@gmail.com
साथीहरू,
मेरो एउटा समस्या छ, ल्यापटप मा प्रिती फन्ट प्रयोग गरेर सबै शब्द लेख्न
सकिदैन।
Alt +०१६७ या अरू कुनै संख्या प्रयोग गरी केही लेख्न सकिदैन।
यसमा डेस्कटप को जस्तो नम्बर लेख्ने छुट्टै कि हुँदैन अनी कसरी लेख्ने ?
समाधान को उपाय बताई दिनु भए आभारी हुने थिएँ।
धन्यवाद।

Shailendra Bajagai

unread,
Mar 6, 2010, 3:25:39 AM3/6/10
to rddinesh, Unicode Nepali User's Group
ल्यापटपमा भएको fn Key थिचेर तपाईं Alt  Key प्रयोग गरी नेपाली अक्षरहरू लेख्न सक्नु हुन्छ । तर कि बोर्डको सबै भन्दा माथिको नम्बर (Alt+0167 आदी) प्रयोग नगरी Key board को ;lkjh asdfg आदी लेखेको ठाउँमा दिएको नम्बर (1,2,3 आदी) प्रयोग गर्नु पर्छ । तर तपाईं प्रिती फन्ट प्रयोग गरेर नेपालीका केही शब्द जस्तैः भित्र्याउनु (प्रितिमा आधा त्र उपलब्ध छैन), महत्त्वपूर्ण, गुणनको चिन्ह (X), भागको चिन्ह, ठीक चिन्ह (√ ) लगायत अन्य धेरै कुराको अभाव महशुस गर्नु हुनेछ ।
 
तशर्थः म तपाईंलाई माथी उल्लेखित बाहेक अन्य धेरै अक्षर तथा गणितिय चिन्हहरू भएको केबिना नर्मल तथा एक्सेलमा सजिलै जोड, घटाउ, गुणन तथा भाग गर्न सकिने केबिना म्याथ नामक नेपाली फन्ट प्रयोग गर्न सल्लाह दिन्छु । यदि तपाईं सँग उक्त फन्टहरू नभएमा यसै विद्युतिय पत्रको साथमा टाँसेर पठाईदिएको छु । अझ बढी उपयोगि सामग्री पाउन तलको लिङ्क दाब्नु होस् ।
 
धन्यवाद।।
 

Shailendra Bajagai

unread,
Mar 14, 2010, 10:26:27 PM3/14/10
to Dinesh Mishra ( दिनेश मिश्र), Unicode Nepali User's Group
दिनेश जी ,
 
केबिना नर्मल नेपाली फन्ट पनि प्रीति फन्ट जस्तै नै हो तर प्रीति फन्ट भन्दा बढी अक्षर तथा चिन्ह हरू पाइने हो ।
----- Original Message -----
Sent: Saturday, 06 March, 2010 06:27 PM
Subject: Re: ल्यापटप मा प्रिती फन्ट प्रयोग गरेर कसरी लेख्ने ?

शैलेन्द्र सर,
मैले तपाईंको सुझाव अनुसार केबिना नर्मल फन्ट डाउनलोड गरे तर लेआउट नपाएकोले केही अक्षरहरू लेख्न आएन,जस्तै कुमार, उकार लगाउन आएन। सहयोग को अपेक्षा राखेको छु।
दिनेश

2010/3/6 Dinesh Mishra ( दिनेश मिश्र) <rddi...@gmail.com>
सहयोग को लागी धन्यवाद .
म अब ल्यापटप मा प्रिती फन्ट  प्रयोग गरेर लेख्न सक्ने भएको छु।

2010/3/6 Shailendra Bajagai <shailend...@gmail.com>



--
Dinesh Mishra ( दिनेश मिश्र )
Radiology Department ( रेडियोलोजी विभाग )
T.U. Teaching Hosptial ( त्रि.वि.शिक्षण अस्पताल )
Maharajgunj  ( महाराजगंज )
Kathmandu ( काठमाडौं )
NEPAL  (नेपाल )



--
Dinesh Mishra ( दिनेश मिश्र )
Radiology Department ( रेडियोलोजी विभाग )
T.U. Teaching Hosptial ( त्रि.वि.शिक्षण अस्पताल )
Maharajgunj  ( महाराजगंज )
Kathmandu ( काठमाडौं )
NEPAL  (नेपाल )
Reply all
Reply to author
Forward
0 new messages