पृय मित्रहरु!
बिश्व भरी छरिएका नेपाली देशभक्तहरु, नेपालका मित्रहरु र शान्ति, समानता र सुसानका पक्षधरहरु अगामी डिसेम्बर १, २००९ लाई कपिलवस्तु दिवसकोरुपमा मनाउन गईरहेका छन। यो दिनलाई कपिलवस्तु दिवसको रुपमा मनाउनुको मूल ऊद्देस्य बिभिन्न बिदेशी प्रकाशनहरुले गौतम बुद्धको जन्मस्थानको बारेमा छरेका भ्रमहरुलाई निबारण गर्ने क्रममा कपिलवस्तुलाई बिश्व सामू अरु परिचित गराउंदै यस स्थानमा धार्मीक पर्यटनको बिकास गर्नु हो।
सन् १८९६ को डिसेम्बर १ मा जर्मन पुरातत्वबिध एन्टोन फुहररले अशोक स्तम्भको प्रमाणीकरण गरेर प्रचिन कपिलवस्तु -- जुन हाल नेपालको कपिलबस्तु जिल्लामा पर्दछ -- गणराज्यको लुम्बिनिलाई बुद्धको जन्मस्थल भएको पुनर्पुष्टी गरेका थिए। यही कपिलवस्तु अन्तर्गतको लुम्बिनि हो, जहां शिद्धार्थ गौतमले अफ्नो जीवनका पहिला २९ वर्षहरु युवराजको रुपमा बिताएका थिए। यद्यपी खड्ग सम्सेर ज. ब. रा. ले अशोक स्तम्भ पहिले नै पत्ता लगाई सकेका थिए, प्रमाणीक रुपमा कपिलबस्तुलाई बुद्धको जन्मस्थानलाई अन्तरराष्ट्रीय रुपमा स्थापित गर्ने पहिलो श्रेय श्री फुहररलाई जान्छ। यसर्थ डिसेम्बर १, १८९६ को बिशेष महत्व छ।
कपिलवस्तु दिवस मनाउनुको अर्थ नेपाली जनताको समानता र समाजीक न्यायको आधारमा निर्मित दीगो शान्तीको चाहनालाई मुखारीत गर्नु पनि हो। बिश्वका बिभिन्न स्थानमा गृह्ययुद्ध र बिदेशी सशस्त्र वा निसशस्त्र राजनैतिक, आर्थिक र कुटनैतिक हस्तक्षेप बढिरहेको बेलामा शान्तीका पहिला ब्यबहारीक प्रचारक गौतम बुद्धको जन्मस्थानको प्रचार प्रसार गर्नुको अन्तरराष्ट्रीय महत्व पनि उत्तिकै छ। डिसेम्बर १, १८९६ मा प्रप्त प्रमाणलाई आधार मानेर नै बिश्व शान्ती र सौहाद्रतालाई प्रबर्धन गर्ने उद्देश्यले UNESCO ले कपिलवस्तु अन्तरगतको लुम्बिनिलाई बिश्व सम्पदा सूचीमा सूचीकृत गरेको कुरा सर्व बिधितै छ।
यसर्थ, हामी सम्पूर्ण दिगो शान्तीको आशा राख्नेहरुलाई डिसेम्बर १, १८९६ को ऐतिहासिक महत्वलाई आत्मसात गर्दै लोकातित श्री फुहररलाई सम्मान गर्न, शान्ती, समानता, समाजीक न्याय र बिभिन्न भाषा-भाषी जात-जातीहरुको सह-अस्थित्व र सहबिकासको जगेर्ना र प्रवर्धन गर्न र बुद्ध र कपिलवस्तुलाई नेपाली राष्ट्रीय आत्मा स्वाभिमान र राष्ट्रीय एकता र गौरवको रुपमा बिकास गर्न कपिलवस्तु दिवसमा सहभागी भइदिनुहुन अनुरोध गर्दछौं।
निम्न किसिमका वा तापइको ईच्छा अनुसारका कपिलवस्तुलाई अन्तरराष्ट्रीयरुपमा कपिलवस्तुलाई चिनाउने कुनै पनि कृयाकलापमा सहभागी भई कपिलवस्तु दिवसलाई सफल पार्न सकिने छ।
१. छलफल कार्यक्रमहरु र कार्यशाला गोष्ठीहरु आयोजना गर्ने,
२. कपिलवस्तु, लुम्बिनि र बुद्धकोबारेमा जानकारीमूलक पर्चा, पोस्टर, लेख-रचना आदी प्रकासन र बितरण गर्ने
३. स्थानिय बुद्ध मन्दीर र गुम्बाहरुमा कपिलबस्तु र लुम्बिनिका बारेमा प्रवचन कार्यक्रमहरु राख्ने
४. कपिलवस्तु, लुम्बिनि र बुद्धकोबारेमा जानकारीमूलक सामाग्रीहरु इमेल मार्फत सबै चिनेजानेका मानिसहरुलाई बितरण गर्ने
५. इन्टरनेटका समाजीक संजालहरुमा कपिलवस्तु, लुम्बिनि र बुद्धकोबारेमा जानकारीमूलक सामाग्रीहरु राखने
६. पत्रपत्रिकाहरुमा कपिलवस्तु, लुम्बिनि र बुद्धकोबारेमा जानकारीमूलक लेख-रचना र चित्रहर प्रकाशित गर्ने आदी।
अहिले सम्म हामीलाई प्रप्त उत्तर अमेरीकामा हुने गतिबिधिहरु सम्बन्धी जानकारीहरु
१. होमराज आचार्य र साथीहरुले Washington DC मा अन्तरकृया कार्यक्रम गर्दै हुनुहुन्छ
२. राजेन्द्र न्यौपाने र साथीहरुले Victoria, BC मा अन्तरकृया कार्यक्रम गर्दै हुनुहुन्छ
३. UBC Vancouver का नेपाली बिद्यार्थीहरुको क्लवले पर्चा बितरण गर्दै छ।
४. Reading Revealers’ Club Vancouver ले डिसेम्वर ५ मा कपिलवस्तु, लुम्बिनि र बुद्धकोबारेमा छलफल गर्दै छ।
५. Thrangu Vajrra Vidhya Buddhist Association, Vancouver को गुम्बामा केही कार्यक्रम गर्ने बारेमा छलफल हुदै छ।
६. Toronto मा चन्द्र राई, सुवास बि के, गोविन्द सिवाकोटी, अशोक खड्का लगायतका सथीहरु कुनै न कुनै किसिमको कार्यक्रम गर्ने सोचाइमा हुनुहुन्छ।
Sincerely,
Bhanu Poudyal