तिमीलाई माया गर्दा म त रित्तो प्याला बनेंछु
हराई चाबी बाटोमा म त बन्द ताला बनेंछु ।
दुवै आँखामा आँसु एकै बगेनन् कि क्या हो
आफूलाई नै घोच्ने म त तीखो भाला बनेंछु ।
सिउरिदिएको त्यो फूल ओइली झर्यो कि कसो
गलामा म बस्दा बस्दै चुँडिएको माला बनेंछु ।
सत्याग्रहमा कहिल्यै बस्दै बसेको म होइन
ओढेकै थिएँ घामछाया हाड छाला बनेंछु ।
कृपया प्रतिकृया सुझाव दिनु होला । धन्यवाद !
www.nrsubba.com.np
--
Thank you !
With Regards
Nawa Raj Subba
www.nrsubba.com.np
| Nice Ghazal.keep it up. --- On Fri, 11/20/09, Nawa Raj Subba <nrs...@gmail.com> wrote: |
|