समय चेतना र जीवनबोधका गजल

0 views
Skip to first unread message

Mabi Singh

unread,
Nov 13, 2009, 12:57:23 PM11/13/09
to nepali ghazal

the text and the examples do not jive.

the reviewer should not have chosen those shers !!


समय चेतना र जीवनबोधका गजल

विशेषगरी पचासको दशकदेखि झाङ्गिन थालेको र साठीको दशकबाट त झन् भन्नुपर्दा सबैभन्दा बढी लेखिने क्षेत्र भनेकै सम्भवतः गजलकै हो कि भन्ने अनुभव हुन्छ । यही उर्वरकालमा युवा गजलकार सुवास राई 'क्याप्टेन', 'सम्झनाको साँझ-बत्ती' बालेर गजलका क्षेत्रमा दर्विला पाइलाका साथ प्रवेश गरेका छन् । देशप्रेम, मायाप्रीति, शान्तिप्रतिको उत्कट चाहनालगायतका विविध विषय र सन्दर्भका उनासी थान गजलहरूलाई सङ्गृहीत गरिएको 'क्याप्टेन' को 'सम्झनाको साँझ-बत्ती' ले नेपाली गजलको उर्लंदो बाढीमा मूल फुटेको खोलाको रूपमा देखिएको छ । दिन ढल्किएको र रात परिनसकेको अवस्था हो साँझ भनेको । हाम्रो संस्कृतिमा साँझको समयमा दीयो बालेर रातको अन्धकारलाई चिर्दै सुखद बिहानीको आगमनको कामना गरिन्छ । एउटा दिन पछिको अर्को दिनको बीचको प्रतीक्षाजस्तै निरन्तरता सम्झनामा रहिरहोस् कामनाका साथ सुवासले गजल कोरेका छन् ।

गजल गेयात्मक विधा भएकाले छन्दोबद्ध कविता र गीतसँग तादात्म्य राख्दछ । गजलमा प्रशस्तै नीति-नियमहरू पालना गरिएको हुनुपर्छ । कस्तै वरिष्ठ भनाउँदाका गजलमा पनि संरचनात्मक गल्तीहरू भेटिन्छन् । यस अर्थमा नवोदित गजलकार 'क्याप्टेन'का गजलमा पनि सानातिना गल्ती-कमजोरीहरू देखिन्छन् तर समग्रमा हेर्दा सङ्ग्रहलाई गजल पारखीहरूले अवश्य पनि उच्चमूल्याङ्कन गर्ने छन् । उनका गजलले पत्रपत्रिकामा प्रकाशित हुने अवसर त्यति पाएका थिएनन् । एकैचोटि यति उत्कृष्टसङ्ग्रह प्रकाशित गरेर 'क्याप्टेन'ले नेपाली गजलका क्षेत्रमा ठूलो हृयाउ देखाएका छन् । साठी पछिका गजलकारका रूपमा यस सङ्ग्रहबाट उनी चिनिन्छन्

डाको छोडी एक्लै रुन पनि सकिनँ

आँसुले घाउलाई धुन पनि सकिनँ

सम्झनाको साँझ-बत्ती बलेकै थियो

पराइको भयौ अरे सुन्न पनि सकिनँ ।

आˆनी मायालुको अगाध प्रेममा सिर्जित यो शीर्षकीय गजलबाट प्रारम्भ भएका उनका गजलमा राष्ट्रप्रेम, प्रकृतिप्रेम, हत्याहिंसाप्रतिको विरोध, विदेशमा रहँदा आˆनो देशप्रति जाग्ने भावना, जन्मस्थलको मायालगायतका विषय र सन्दर्भहरूले ज्यादा महìव पाएका छन् । शान्तिप्रतिको उनको चाहना र अहिलेको यथार्थलाई गजलमा यसरी उतारेका छन्-

बम-बारुदको धुवाँभित्र सास फेर्न गाह्रो भयो

शान्तिको कुरा पनि आँखाको छारो भयो ।

सुवास राईको गजलमा बिम्ब र प्रतीकहरूको उच्च प्रयोगका साथै गहिरो जीवनबोध एवं समयचेतना पाइन्छ । गजलका धेरै नीति-नियमहरूमा बाँधिएर पनि आˆना स्वतन्त्र भावहरू छचल्काउन सक्नु नै कुशल गजलकारको गुण हो । उनका अधिकांश गजल यस्ता गुणहरूले ओतप्रोत छन् । उमेरअनुसारका मायाप्रतिको गाढा भावना पनि उनले उतारेका छन् । गजलको प्रारम्भ नै शृङ्गारिक भावबाट भएको हो र यस्तै भावका सेरहरूमा नै ज्यादा मीठास पाइन्छ । उनले कान्छीलाई गरेको सम्झना, जति टाढा भयो, उति गाढा हुने माया, मायाभित्रको स्वार्थीपनलगायतका भावपूर्ण गजलहरू उत्कृष्ट छन् । समग्रमा भन्नुपर्दा यो सङ्ग्रहले 'क्याप्टेन'लाई नेपाली गजललेखनका क्षेत्रमा भोलिको 'क्याप्टेन' सावित हुने ढोका खोलेको छ ।

कृतिः सम्झनाको साँझ-बत्ती -गजलसङ्ग्रह)

गजलकारः सुवास राई 'क्याप्टेन'

प्रकाशकः स्वयं

प्रकाशनः २०६५

पृष्ठः ७९+१७

मूल्यः रु. १००।-

-देवी सिग्देल -कोइराला)

Deepak Khadka

unread,
Nov 15, 2009, 11:19:03 PM11/15/09
to nepali...@googlegroups.com
Could not agree more. Selected verses are cliched and pretty mediocre.
 
Deepak 

2009/11/13 Mabi Singh <mabi....@gmail.com>

nepalensis

unread,
Nov 18, 2009, 11:41:20 PM11/18/09
to nepali...@googlegroups.com
Excerpts are telling more!
all the best!

Reply all
Reply to author
Forward
0 new messages