केही त होला, चिताई हेर !
मसित रात, बिताई हेर !
भेटछौ हरा'को, तिम्रो आक्रिती
मसँग आँखा, जुधाई हेर !
कस्तो अपूर्ण, तिमी नहुँदा !
मेरो जिन्दगी, बिताई हेर !
कमारो हुँ म, तिम्रो मायाको
हुन्न कसैको, बिकाई हेर !
यात्रा थालौँला, जूनी जूनीको
मतिर पाऊ, बढाई हेर !
अझै पत्यार लाग्दैन मेरो ?
सबै कसम, खुवाई हेर !
यो गजल मबी जीले नै लेख्नु भएको हो भन्ने कुरामा म अलि अलामाल्लमा परें । यस गजलमा एकतिर कफियाको अनुप्राश संयोजन भंग भएको छ भने अर्को तिर कफिया दोहोरिएको छ । मबी जीले मेरो जिज्ञासा मेट्नु हुनेछ भन्ने बिश्वास गरेको छु ।
|
काफिया दोहरिन नहुने नियम छ कतै भने त्यसले मिर्जा गालिबका दुई तिहाई गजलहरूलाई अयोग्य बनाईदिनेछ । यो कुरा मैले धेरै पल्ट दोहर्याईसकेको छु ।
मबीको यस गजलमा त काफिया दोहरिएको मात्र होईन काफियाको उत्परिवर्तन समेत भएको छ !!!
मतलाको “चिताई/बिताई” मा two degrees of rhyme (पूर्ण काफिया भनौं न) छ भने अन्य शेरमा one degree of rhyme (आंशिक काफिया) । यो त झन् ठूलो गम्भीर उल्लंघन हो । तर, मैले पहिले पनि कतै उल्लेख गरेको छु, त्यस्तो अपवाद मिर्जा गालिब र अरू शायरहरूको रचनामा पनि पाईन्छ ।
काफियाको उत्परिवर्तन भएका केही गजलका दृष्टान्तहरू यहाँ छन् । यी सबै गालिबका रचना हुन् ।
हुस्न-ए-माह गरचे बहंगामे-कमाल अच्छा है / ग़ालिब
हैराँ हूँ दिल को रोऊँ कि पीटूँ जिगर को मैं / ग़ालिब
वो फ़िराक़ और वो विसाल कहाँ / ग़ालिब
http://www.kavitakosh.org/kk/index.php?title=%E0%A4%97%E0%A4%BC%E0%A4%BE%E0%A4%B2%E0%A4%BF%E0%A4%AC
Deepak
2009/11/16 swayambar singhlama <sing...@yahoo.com>
--~--~---------~--~----~------------~-------~--~----~
You received this message because you are subscribed to the Google Groups "nepali ghazal" group.
To post to this group, send email to nepali...@googlegroups.com
To unsubscribe from this group, send email to nepalighazal...@googlegroups.com
For more options, visit this group at http://groups.google.com/group/nepalighazal?hl=en
-~----------~----~----~----~------~----~------~--~---