साथीहरू,
केन्टकी राज्यको लेक्जिन्टन शहरमा आगामी ३ देखी ५ सेप्टेम्बर २०१० मा हुन गै रहेको नासा-आनमा कन्भेसनमा भाग लिने अवसर नगुमाउनु होस्I कन्भेसनको होटेल, हिल्टन लेक्जिन्टन, सहरको मुटु मै छ जहाँबाट विभिन्न आकर्षक ठाउँ हरु हिडेरै पुगिन्छ I
कन्भेसनमा विभिन्न आकर्षक कार्यक्रमहरु हुदैछन, जस्तै:
क ) ओबामाको स्वास्थ रिफोर्म अनि त्यसको अमेरिकी नेपालीमा प्रभाव,
ख ) अमेरिकामा बस्ने नेपालीहरुको मानशिक स्वास्थ, कठिनाई र समाधानक़ा बाटोहरु
ग) हिमाल बचाऊ अभियानमा छलफल,
घ) नेपालमा खुला बिश्वबिध्यालयको बिसयमा छलफल,
ड)) स्टेट, स्टेट बिच फुटबल, भलिबल आदि खेलकूद प्रतियोगिता,
च) नेपालका नामूद कलाकारहरुको सांगीतिक कोशेली,
छ) नासा र आनमा क्षेत्र भित्रक़ा प्रतिभा दर्शाउने शाम्स्कृतिक कार्यक्रम,
ज ) कविता प्रतियोगिता,
झ) बिहान को ताजा हावामा वाकिंग र दौड़
यसको अलावा नया पुराना साथी हरु संग भेट्ने अवसर प्रसस्तै हुनेछन I कन्भेशनको लागि चाडो भन्दा चाडो रेजिस्टर गर्नु होला I
रेजिस्टर गरिसक्ने साथी हरुलाई धन्यवाद I नगर्ने साथीहरुलाई तुरुन्त गर्नुहुन बिनम्र अनुरोध !
रजिस्टर गर्ने तथा होटल बुक गर्ने लिंक
http://www.jointconventions.org/
निबेदक,
संजीब सापकोटा
सह- अधक्ष्य,
आनमा नासा कन्भेन्सन-२०१०